मौन अवधिमा जनकपुर पुगेका अन्सारी भन्छन्, ‘म आफ्ना समुदाय भेट्न गएको थिएँ’

नेपालभ्युज

मौन अवधिमा जनकपुर पुगेका अन्सारी भन्छन्, ‘म आफ्ना समुदाय भेट्न गएको थिएँ’

काठमाडौं । मौन अविधिमा होटलमा बसेर पैसा बाँडेको आरोप लागेका राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफू आफ्ना समुदाय भेट्न जनकपुर गएको बताएका छन्।

स्थानीय तह निर्वाचनको अघिल्लो दिन मौन अवधिका बेलामा जनकपुरमा पैसा बाँडेको आरोपमा उनलाई नेकपा एमालेका कार्यकर्ताले होटलमा घेराउ गरेका थिए।

“दुःख का साथ भन्नुपर्छ। नेकपा एमालेका नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ  टिम आएको थियो,” अन्सारीले पत्रकार सम्मेलनमा भने। एमाेलका नेताद्वय जुली महतो र रघुवीर महासेठले आफूविरुद्ध नाराबाजी गर्न कार्यकर्ताहरू पठाएका उनले आरोप लगाए।

आफूले गलत काम गरे पनि कांग्रेसलगायत दलले गर्नुपर्ने भए पनि एमालेबाटै यस्तो भएको भन्दै उनले दुःख व्यक्त गरे।

उनले भने, “हिजो म एमालेबाटै सिफारिस भएर म यहाँ आइपुगेको हुँ, तर म आज एमालेबाट यस्तो भयो, मिडियाबाट म आग्रह गर्छु। ममाथि अपमान भयो। आरोप लाग्नु एउटा पाटो हो। प्रमाणित हुनु अर्को पाटो हो। हिजो पनि आरोप लाग्यो। त्यतिबेला म गलत भएको म तपाईंहरूको सामु आँखा आँखा जुधाएर हेर्ने अवस्था हुँदैन।”

अन्सारीलाई पछि प्रहरीले स्कर्टिङ गरी विमानस्थलसम्म पुर्‍याएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved