प्रचण्डसहितका नेता मतदाताको घरघरमा गएको भन्दै उम्मेदवारी रद्द गर्न एमालेको माग

नेकपा एमालेले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत मन्त्रीहरूले मौन अवधिमा चलखेल गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। उनीहरूले पदको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका मतदाताको घरघरमा पुगी प्रभावमा पार्ने काम गरेको एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन्।

नेपालभ्युज

प्रचण्डसहितका नेता मतदाताको घरघरमा गएको भन्दै उम्मेदवारी रद्द गर्न एमालेको माग
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत मन्त्रीहरूले मौन अवधिमा चलखेल गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। उनीहरूले पदको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका मतदाताको घरघरमा पुगी प्रभावमा पार्ने काम गरेको एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन्।

आचारसंहिता गम्भीर उल्लङ्घन गर्ने माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरूको उम्मेदवारी रद्द गर्न समेत एमालेले माग गरेको छ।

‘‘पुष्पकमल दाहाल प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै पर्वाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घर घरमा पुगी प्रभावमा पार्ने काम गरेको र मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिका भित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकोले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न नेकपा एमाले चितवन जोडदार माग गर्दछ’’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

राज्य सञ्चालनको जिम्मा लिएका भनिएकाहरूबाटै नेपालको संविधान, नियम, कानुनलाई मिच्दै निर्वाचन आचारसंहिताको चरम उल्लङ्घन भइरहेको दृश्यले आपत्तिजनक भएको एमालेले जनाएको छ। साथै भरतपुर महानगरपालिका भित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकोले आवश्यक छानबिन गरी चलखेल तुरुन्त रोक्न एमाले चितवनले माग गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved