श्रीलंकामा एक साताभित्र नयाँ प्रधानमन्त्रीको निर्वाचन 

श्रीलंकाका राष्ट्रपति राजपक्षले सदनलाई थप अधिकार दिन संसद्मा संवैधानिक संशोधन पेश गरिने बताएका छन्।

नेपालभ्युज

श्रीलंकामा एक साताभित्र नयाँ प्रधानमन्त्रीको निर्वाचन 

एजेन्सी। श्रीलंकामा एक साताभित्र नयाँ प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ। राष्ट्रपति गोटाबय राजपक्षले देशको नाममा सम्बोधन गर्दै यस्तो बताए।

उनले अबको एक साताभित्र नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद् चयन गर्ने बताए।

राष्ट्रपति गोटाबयले जसको बहुमत हुन्छ उसैको सरकार बन्ने बताए। यससँगै क्याबिनेट मन्त्री पनि छनोट हुने उनको भनाइ छ। मुलुकको बिग्रँदै गएको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपतिले हिंसामा नलाग्न र आन्दोलन नगर्न जनतालाई अपिल गरेका छन्।

श्रीलंकाका राष्ट्रपति राजपक्षले सदनलाई थप अधिकार दिन संसद्मा संवैधानिक संशोधन पेश गरिने बताएका छन्।

राष्ट्रपति राजपक्षले सरकार बनेपछि श्रीलङ्कामा स्थायित्व आउने बताए। यसका लागि सबै दलसँग छलफल गरी उपयुक्त कदम चालिने जानकारी दिए। उनले अहिले जनता र सम्पत्ति जोगाउन सबैको साथ आवश्यक रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved