अमेरिकी गुप्तचर संस्था भन्छ : रूस-युक्रेन युद्ध तत्काल समाप्त हुँदैन

नेपालभ्युज

अमेरिकी गुप्तचर संस्था भन्छ : रूस-युक्रेन युद्ध तत्काल समाप्त हुँदैन

काठमाडौं। अमेरिकी गुप्तचर संस्थाले युक्रेनमा रूसले लामो समयसम्म युद्ध गर्न चाहेको बताएको छ। युक्रेनको पूर्वी भागमा रूसी र युक्रेनी सेनाबीच युद्ध चल्दै गर्दा अमेरिकी गुप्तचर संस्थाले युक्रेन संकट छिट्टै समाधान नहुने आशंका व्यक्त गरेको हो।

युक्रेनी राजधानीलाई आफ्नो नियन्त्रणमा लिने मस्कोले प्रयास गर्दा त्यसको कडा प्रतिरोधमा युक्रेन उत्रिएपछि पूर्वी भाग डोनबासा क्षेत्रमा रूसले आफ्नो सैन्य क्षमता बढाएको छ। रूसले युक्रेनको पूर्वीक्षेत्रमा आफ्नो सैन्य तागत बढाए पनि थपिएको सेनाले प्रभावकारी काम गर्न नसकेको पनि अमेरिकी गुप्तचर संस्थाको दाबी छ।

राष्ट्रिय गुप्तचर संस्थाका निर्देशक एवरिल हैन्सले अमेरिकी सिनेटर कमिटीमा मंगलबार भएको सुनुवाOमा बताए अनुसरा पुटिन तत्काल युक्रेन युद्ध समाप्त गर्ने पक्षमा छैनन्। गुप्तचर संस्थाका निर्देशक हैन्सले भनेका छन्, “पुटिक आफ्नो लक्ष्य डोनबाससँगै अन्य क्षेत्रमा पनि बढाउन चाहन्छन्।” उनले आफ्नो लक्ष्यलाई डोनाबाससँगै अन्य क्षेत्रमा बढाउन चाहे पनि हैन्सका अनुसरा, “पुटिनको महत्वाकांक्षा र रूसको पुरातनवादी सैन्य क्षमताबीच एकरुपता नहुँदा समस्या भएको छ।”

हैन्सले थप भनेकी छन्, रूसका राष्ट्रपति पुटिनले आर्थिक संकट, खाद्य संकट र कच्चा तेलमा भएको वृद्धिसँगै अमेरिका र युरोपले युक्रेनमाथि गरेको आर्थिक लगानी ‘सम्भवत’ कम गर्ने अनुमान गरेका छन्।

युद्धको समय बढ्दै गएको अवस्थामा आफूमाथि आउनसक्ने खतराको सामना गर्नका लागि भन्दै रूसले परमाणु हतियार प्रयोग गर्ने सम्भावना रहेको पनि गुप्तचर विभागको दाबी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved