युगाण्डा सिरिजका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा

नेपालभ्युज

युगाण्डा सिरिजका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा

काठमाडौं। युगाण्डासँगको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको लागि २२ सदस्यीय नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ। बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरेको हो।

टोलीमा रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु वर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगिता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, इश्वरी बिष्ट, डली भट्ट, हिरणमायी रोय र ऋतु कनोजिया रहेका छन्।

नेपालले आगामी २ जेठदेखि युगाण्डासँग टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। पाँच म्याचको सिरिजका सबै खेलहरु टीयू खेल मैदान कीर्तिपुरमा हुनेछ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved