नेपाली महिला क्रिकेट टिमले युगाण्डासँग टी-ट्वान्टी सिरिज खेल्ने

नेपालभ्युज

नेपाली महिला क्रिकेट टिमले युगाण्डासँग टी-ट्वान्टी सिरिज खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले युगाण्डासँग टी‍-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। पाँच म्याचको सिरज आगामी २ जेठदेखि शुरु हुनेछ।

गत नोभेम्बरमा नेपाली महिला टिमले कतारमा तीन म्याचको पहिलो अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। महिला टिमले घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको भने यो पहिलो पटक हो।

खेलहरू नेपालमा नै हुने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। सिरिजका सबै खेल टीयू खेलमैदान कीर्तिपुरमा हुनेछ।

नेपाल महिला टी‍-ट्वान्टी वरियतामा १६ औँ स्थानमा छ। युगाण्डा भने नेपालभन्दा तीन स्थान तल १९ औँ स्थानमा छ।

टी‍-ट्वान्टी अनतर्राष्ट्रिय मान्यता पाए यता नेपाली महिला टिमले २२ खेल खेलेकोमा १७ खेल जितेको छ। युगाण्डाले भने हालसम्म खेलेको ३१ टी‍-ट्वान्टी अनतर्राष्ट्रिय म्याचमा १३ खेल जितेको रेकर्ड छ।

 खेलतालिका 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved