मतदान केन्द्र नजिकै बन्दुकसहित एक जना पक्राउ

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा एक जना व्यक्ति भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

नेपालभ्युज

मतदान केन्द्र नजिकै बन्दुकसहित एक जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा एक जना व्यक्ति भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१४ पोबाङबाट एकनाले भरुवा बन्दुकसहित सोही ठाउँकै चन्द्रबहादुर कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।

कामीलाई १४ नं वडास्थित सिद्धमण्डली मावि राङ्सिको मतदान केन्द्रको २०० मिटर आसपास क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

मङ्गलबार पक्राउ परेको कामीलाई रुकुमकोट ल्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved