हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको प्रहरीले बताएको छ।

नेपालभ्युज

हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
सांकेतिक तस्वीर।

हेटौँडा। हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, शिखरपानीमा मोटरसाइकलको ठक्करबाट ६० वर्षीया मनमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सोमबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पाख्रिनको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको प्रहरीले बताएको छ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved