प्रदर्शनकारीमाथि गोली चलाएर श्रीलंकामा सांसदद्वारा आत्महत्या

नेपालभ्युज

प्रदर्शनकारीमाथि गोली चलाएर श्रीलंकामा सांसदद्वारा आत्महत्या

श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ।

सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैलाई गोली हानेका छन्।

कोलम्बोको बाहिरी क्षेत्रमा दुर्घटना भएको हो। समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएको प्रहरीले जनाएको छ। गोली लागेर एक जनाको मृत्यु भएको छ।

त्यसपछि जनताको आक्रोशबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरेका थिए।

तर आक्रोशित मानिसहरूले पूरै भवनलाई घेरा हालेका थिए। मानिसले घेरेको देखेर सांसदले आफैँलाई गोली हानेका थिए, जसका कारण उनको मृत्यु भएको थियो।

श्रीलंकामा सोमबारदेखि सरकार समर्थक र विपक्षीबीच झडप शुरु भएको छ। कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएका छन्। उनीहरूलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ।

सरकार समर्थक प्रदर्शनकारीहरूले गाले फेसमा प्रदर्शन गरिरहेका मानिसहरूको पाल उखेल्न थालेपछि झडप शुरु भएको हो। सरकार समर्थकहरुले आन्दोलनकारीमाथि आक्रमण गरेपछि हिंसा शुरु भएको हो।

श्रीलंकामा आज त्यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved