होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

दुर्घटनामा परेका अरु कम्तीमा पनि ८४ जना घाइते छन्। ती घाइतेहरु पनि अधिकांश जलेका बताइएको छ।

नेपालभ्युज

होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

एजेन्सी। क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। सो सुविधा सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो।

उक्त विस्फोटमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ। सो समेतगरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ। त्यसमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ।

दुर्घटनामा परेका अरु कम्तीमा पनि ८४ जना घाइते छन्। ती घाइतेहरु पनि अधिकांश जलेका बताइएको छ।

होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ। यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि सो टिभीले जनाएको छ।

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका छन्। तर, अब भने मानिसहरुलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरुको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved