व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : बार

प्रधानन्यायालय ऐन, २००८ को कार्यान्वयन २६ वैशाख २००९ देखि भएको सम्झनामा प्रत्येक वर्ष कानून दिवस मनाउने गरिएको छ।

नेपालभ्युज

व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : बार

काठमाडौं। नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ।

कानून दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संरक्षण र सम्वद्र्धनका लागि निरन्तर क्रियाशील रहनु आजको आवश्यकता भएको उल्लेख छ।

सन्देशमा भनिएको छ, ‘यस विशेष दिनमा उहाँहरूप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायी न्यायपालिकाको प्रवद्र्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गर्दछौँ।’

प्रधानन्यायालय ऐन, २००८ को कार्यान्वयन २६ वैशाख २००९ देखि भएको सम्झनामा प्रत्येक वर्ष कानून दिवस मनाउने गरिएको छ।

दिवसका अवसरमा बारले न्यायपालिकालाई यस अवस्थासम्म ल्याउन अग्रणी भूमिका खेल्ने सम्पूर्ण अग्रज व्यक्तित्व र अग्रज कानून व्यवसायीको समेत स्मरण गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved