हवाना होटलमा विस्फोट : मृत्यु हुनेको संख्या २७ पुग्यो

नेपालभ्युज

हवाना होटलमा विस्फोट : मृत्यु हुनेको संख्या २७ पुग्यो

हवाना। हवाना होटलमा गत शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको छ।

हवाना होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरूले आफ्नो कार्य जारी राखेका छन्। हवानाप्रतिष्ठित साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिएकाे जनाइएको छ। शनिबार अधिकारीहरूले उक्त विस्फोटमा परी घाइते भएका ३७ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका थिए।

यद्यपि यसअघि ४६ जनालाई अस्पताल भर्ना गरिएको समाचार दिइएको थियो। रेडक्रसका एक अधिकारीले विस्फोटमा ३२ जनाको मृत्यु भएको जानकारी दिएपछि अन्योल भएको थियो। विस्फोटबाट ज्यान गुमाउनेको यो संख्यालाई पछि ‘त्रुटि’ भनिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved