ह्वाट्सएपका पूर्वकार्यकारीले भने- फेसबुकलाई ह्वाट्सएप बिक्री गरेकोमा पछुतो लागेको छ

ह्वाट्सएप फेसबुकको दोस्रो ठूलो प्लेटफर्म भए पनि इन्स्टाग्राम र फेसबुक मेसेन्जरभन्दा छायाँमा परेको उनको गुनासो छ। नीरज अरोराले फेसबुकले ह्वाट्सएपको वास्तविक मर्म नै बुझ्न नसकेको भन्दै ह्वाट्सएप बिक्री गर्ने निर्णय गलत भएको भन्दै दुख प्रकट गरेका हुन्।

नेपालभ्युज

ह्वाट्सएपका पूर्वकार्यकारीले भने- फेसबुकलाई ह्वाट्सएप बिक्री गरेकोमा पछुतो लागेको छ

काठमाडौं। ह्वाट्सएपका एक पूर्वकार्यकारीले तत्कालीन फेसबुक हालको मेटालाई ह्वाट्सएप बिक्री गरेकोमा पछुतो लागेको अभिव्यक्ति दिएका छन्। ह्वाट्सएपका पूर्व चिफ बिजनेस अफिसर नीरज अरोराले सामाजिक सञ्जाल लिंक्डइनमा एक पोस्ट गर्दै उनले ह्वाट्सएप बिक्री गरेर गलत गरेको बताएका हुन्।

ह्वाट्सएप फेसबुकको दोस्रो ठूलो प्लेटफर्म भए पनि इन्स्टाग्राम र फेसबुक मेसेन्जरभन्दा छायाँमा परेको उनको गुनासो छ। नीरज अरोराले फेसबुकले ह्वाट्सएपको वास्तविक मर्म नै बुझ्न नसकेको भन्दै ह्वाट्सएप बिक्री गर्ने निर्णय गलत भएको भन्दै दुख प्रकट गरेका हुन्।
प्रविधिको संसारमा धेरै चर्चा गरिएका सम्झौतामध्ये मेटा (तत्कालीन फेसबुक) ले म्यासेजिङ एप ह्वाट्सएप खरिद गर्ने सम्झौता पनि एक थियो।

नीरज अरोराका अनुसार मार्क जुकरबर्गको नेतृत्वमा रहेको फेसबुकले पहिलो पटक २०१२ मा ह्वाट्सएपमा प्रस्ताव राखेको थियो। यद्यपि त्यो समयमा कम्पनीले फेसबुकको प्रस्तावलाई अस्वीकार गरेर अगाडि बढेको थियो।

सन् २०१४ मा फेसबुकले ह्वाट्सएपलाई पुनः प्रस्ताव राख्यो, जसमा ह्वाट्सएपका लागि विभिन्न योजना थिए। ती योजनामा इन्ड–टु–इन्ड इन्क्रिप्सनको लागि पूर्ण समर्थन, कहिले कुनै विज्ञापन नदिने, उत्पादनका निर्णयहरूमा पूर्ण स्वतन्त्रता, ज्यान कोअम, (सह–संस्थापक र पूर्वसीईओ) का लागि कम्पनीको बोर्डमा सहभागिता, माउन्टेन भ्यूमा आफ्नै कार्यालय लगायतका विषय समेटिएको उनले उल्लेख गरेका छन्। यो सबै कुरामा फेसबुकले सहमति पनि जनाएपनि यस अनुरुप कुनै पनि काम नभएको उनको जिकिर छ।

अरोराले आफ्नो लिंक्डइन पोस्टमा लेखेका छन्, ‘‘आज ह्वाट्सएप फेसबुकको दोस्रो ठूलो प्लेटफर्म हो (इन्स्टाग्राम वा फेसबुक मेसेन्जरभन्दा पनि ठूलो) । तर यो प्लेटफर्म फेसबुकको छायाँमा परेको छ, जसका लागि हामीले हाम्रो मनदेखि काम गरेका थियौँ र संसारको लागि पनि उत्तिकै महत्त्वपूर्ण निर्माण गर्न चाहन्थ्यौँ । यो फेसबुकको हिस्सा बन्दा पछुताउने म मात्र होइन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved