कांग्रेस मकवानपुरको चेतावनी : गठबन्धन बाहेकको प्रचार नगर्नू

नेपालभ्युज

कांग्रेस मकवानपुरको चेतावनी : गठबन्धन बाहेकको प्रचार नगर्नू

हेटौंडा। गठबन्धनको उम्मेदवार बाहेकको प्रचार नगर्न नेपाली कांग्रेस मकवानपुरले चेतावनी दिएको छ।

शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरले गठबन्धनबाहेकको उम्मेदवारहरूको प्रचार नगर्न चेतावनी दिएको हो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र ईन्द्रसरोवर गाउँपालिकामा बागी कांग्रेसको बागी उम्मेदवारी परेको छ। यस अघि बागमती र बकैया गाउँपालिकामा पनि बागी उम्मेदवारी परेको थियो। तर, जिल्ला नेतृत्व तहले उम्मेदवारी फिर्ता गराएका थियो।

“हामीले जिल्लाको स्थानीय तहहरूमा गठबन्धन गरेका थियौं,’ कांग्रेस मकवानपुर प्रवक्ता अर्जुन प्रसाद चौंलागाईंले भने,‘पाँच दलीय सत्ता गठबन्धन बाहेकका उम्मेदवारहरूको प्रचार प्रसार गर्ने क्रियाशिल सदस्य तथा कार्यकताहरूलाई हामी कारवाही गर्छौं। गठबन्धनलाई जिताउने गरी हामी प्रचारमा छौं। यसर्थ हामी कार्यकर्ताहरूलाई पनि गठबन्धनको प्रचार गर्न अपिल गर्दछौं।”

चौलागाईंले सामाजिक सञ्जाल मार्फत पार्टी हितविपरीत र गठबन्धनको नीतिविपरीत प्रचारप्रसार नगर्न आग्रह गरेका छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा कांग्रेसको उम्मेदवार भए पनि एकीकृत समाजवादीको उम्मेदवार नै आधिकारिक भएको कांग्रेस मकवानपुरले जनाएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved