गठबन्धनविरुद्ध जानेलाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नेपालभ्युज

गठबन्धनविरुद्ध जानेलाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन
फाइल तस्वीर

जनकपुरधाम । गठबन्धनको आलोचना गर्नेहरूलाई कारबाही गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन्।

जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनले गरेको चुनावी सभामा सम्बोधन गर्दै देउवाले देशभर अहिले गठबन्धनको माहोल रहेको भन्दै यसविरुद्ध कोही पनि जान नहुने बताए।

“देशभर अहिले गठबन्धनको पक्षमा माहोल छ, यसविरुद्ध उम्मेदवारी दिने, बोल्नेका लागि पार्टीमा कुनै स्थान छैन,” उनले भने, ‘अब गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुन्छ, चितवनमा पनि गठबन्धनविरुद्ध बोल्नेहरू हावा खाइसके। पहिला विरोध गर्नेहरू अब झण्डा लिएर प्रचारप्रसारमा हिँड्छन्।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved