धनगढी। कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा चुनाव प्रचारप्रसार क्रममा झडप भएको छ। स्थानीय निर्वाचन प्रचारप्रसार क्रममा नेकपा (एमाले)सँग गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को जम्काभेट भएको थियो। उक्त जम्काभेट झडपमा परिणत भएको हो।
उक्त झडपमा प्रचारप्रसारमा हिँडेका नेकपा एमालेका कार्यकर्ता घाइते भएका छन्। “हाम्रो टिम अटोमा माइकिङ गर्दै जाँदै थियो, त्यसै क्रममा उनीहरू (माओवादी–समाजवादी)को र्यालीसँग भेटियो,” एमालेका नेता हिमाल चन्दले भने, “एक्कासि उनीहरूले माइक बन्द गर भन्दै कुटपिट गर्न थाले।”
कुटपिटबाट प्रचारप्रसारमा खटिएका एमालेका अञ्जु कार्की र राजेन्द्र अवस्थी घाइते भएका छन्। उनीहरूको टाउको र छातीमा चोट लागेको छ। “माइक तोडफोड गरिएको छ,” चन्दले भने, “अहिले घाइतेहरूलाई धनगढी ल्याउदै छौँ।”
Facebook Comment
Comment