बस दुर्घटनामा १६ को मृत्यु

अहिले सो दुर्घटना भएको किभ-चोप राजमार्ग बन्द भएको छ।

नेपालभ्युज

बस दुर्घटनामा १६ को मृत्यु
सांकेतिक तस्वीर

एजेन्सी। युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा १६ जनाको ज्यान गएको छ।

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए।

त्यसक्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए।

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ।

अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ। प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved