आईपीएलमा आज बैंङ्लोर र चेन्नई खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बुधबार) रोयल च्यालेन्जर्स बैंङ्लोर र चेन्नई सुपर किङ्स खेल्दैछन्। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे पुणेमा हुनेछ।

नेपालभ्युज

आईपीएलमा आज बैंङ्लोर र चेन्नई खेल्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बुधबार) रोयल च्यालेन्जर्स बैंङ्लोर र चेन्नई सुपर किङ्स खेल्दैछन्। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे पुणेमा हुनेछ।

अहिलेसम्म १० खेलमा ५ मा जित र ५ मा हार व्यहोरेको बैंङ्लोर १० अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ।
यस्तै ९ खेलमा ३ मा जित र ६ खेलमा हार ब्यहोरेको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ। राति भएको खेलमा भने पन्जाब किङ्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो।

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो। यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो।

जितसँगै पन्जाब १० खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। गुजरातको भने यो दोस्रो हार हो। गुजरात १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved