युक्रेनका मरिउपोलमा उद्धार नसकिँदै फेरि रुसको आक्रमण

युक्रेनको मरिउपोलस्थित स्टिल कारखानामा फसेका सयौँ सर्वसाधारणको उद्धार नहुँदै रुसले पुनः आक्रमण शुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता उक्त कारखानालाई घेराबन्दी गर्न आदेश दिएपछि सर्वसाधारणहरू थुनिएका थिए।

नेपालभ्युज

युक्रेनका मरिउपोलमा उद्धार नसकिँदै फेरि रुसको आक्रमण

एजेन्सी। युक्रेनको मरिउपोलस्थित स्टिल कारखानामा फसेका सयौँ सर्वसाधारणको उद्धार नहुँदै रुसले पुनः आक्रमण शुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता उक्त कारखानालाई घेराबन्दी गर्न आदेश दिएपछि सर्वसाधारणहरू थुनिएका थिए।

सो स्टिल कारखानामा फसेकाहरूको उद्धार नहुँदै शक्तिशाली अस्त्रले आक्रमण शुरु भएको हो।

सर्वसाधारणहरू अन्यत्र जानका लागि निस्किएलगत्तै कारखानामाथि रुसले पुनः बमबारी थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कारखाना परिसरमा आश्रय लिएका थुप्रै सर्वसाधारणलाई आइतबार र सोमबार उद्धार गरिएको थियो।

रुसी अधिकारीले आइतबार उक्त क्षेत्रबाट ४८ र सोमबार सय सर्वसाधारणको उद्धार गरिएको जनाएका थिए । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रसले पनि उनीहरूको उद्धार गरिएको पुष्टि गरेका थिए । मरिउपोल सहर हाल रुसी घेराबन्दीमा छ ।

युक्रेनी अधिकारीका अनुसार कारखाना परिसरमा अझै करिब एक हजार सर्वसाधारण र ५ सय घाइते युक्रेनी सेना छन्। एजोभस्टल कम्पनीमा फसेका युक्रेनी सेनाले भने आत्मसमर्पण नगर्ने बताएका बीबीसीले उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved