काठमाडौं। हिमालयन बैंकको लाभांश नरोक्न अदालतले निर्देशन दिएको छ। उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको रोक तत्काल खुलाउन निर्देशन दिएको हो।
हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो। उक्त निर्देशनविरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो।
बैंकले गत आर्थिक वर्षको नाफाबाट २१.३८५ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो।
यसैबीच राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले २०७८ कात्तिक १६ गते लाभांश वितरणमा रोक लगाएको थियो। यसविरुद्ध हिमालयन बैंकले गत २०७८ मंसिर १० गते मुद्दा हालेको थियो। राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालतले परमादेश जारी गर्दै राष्ट्र बैंकको निर्णय खारेज गरिदिएको हो।
Facebook Comment
Comment