आफ्ना नागरिकलाई बलपूर्वक रूस लगिएको युक्रेनको आरोप

किभका सरकारी अधिकारीको जानकारीबिना नै रूसले युक्रेनबाट मानिसलाई उद्दार गरेको रूसको रक्षा मन्त्रालयले पनि पुष्टि गरेको छ।

नेपालभ्युज

आफ्ना नागरिकलाई बलपूर्वक रूस लगिएको युक्रेनको आरोप

काठमाडौं। युक्रेनले रूसले आफूमाथि आक्रमण शुरु गरेदेखि हजारौँ मानिसलाई बलपूर्वक आफ्नो देश लगेको आरोप लगाएको छ। युक्रेनले आफ्नो जानकारीबिना नै रूसले आफ्ना नागरिकलाई उठाएको आरोप लगाएको हो।

रूसको रक्षा मन्त्रालयले करीब ११ हजार ५०० व्यक्तिलाई रूसबाट उद्धार गरेको बताएको छ। जसमा १ हजार ८८७ बालबालिकालाई युक्रेनबाट रूस लगिएको जनाएको छ।

किभका सरकारी अधिकारीको जानकारीबिना नै रूसले युक्रेनबाट मानिसलाई उद्दार गरेको रूसको रक्षा मन्त्रालयले पनि पुष्टि गरेको छ।

मस्कोले भने युक्रेनमाथिको आफ्नो आक्रमणलाई विशेष कारबाही’ का रुपमा व्याख्या गर्छ। छिमेकी मुलुकमा हुन लागेको सैन्यकरणका विरुद्ध आफूले आक्रमण गरेको मस्कोले बताएको छ।

यता, युक्रेन र पश्चिमा देशहरूले भने रुसले युक्रेनमाथि बिनाकारण आक्रमण गरेको आरोप लगाउने गरेका छन्।

युक्रेनका पूर्वी क्षेत्र डोनेट्स्क र लुहान्स्कका मानिसलाई रूसले उद्दार गरेको जनाएको छ। युक्रेनका यी दुई क्षेत्रलाई रूसले स्वतन्त्र क्षेत्रका रुपमा व्याख्या गर्दै आएको छ। २४ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि नै युक्रेनका यी दुई क्षेत्रलाई रूसले स्वतन्त्र क्षेत्रका रुपमा घोषणा गरेको हो।

उद्दार गरिएका मानिसहरूकै आग्रहमा उनीहरुको उद्दार भएको रूसले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved