अफगानिस्तानमा भएको बम विष्फोटको जिम्मा आईएसले लियो

नेपालभ्युज

अफगानिस्तानमा भएको बम विष्फोटको जिम्मा आईएसले लियो

इस्लामिक स्टेट्स (आईएस) समूहले आइतबार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ। हालै जारी रहेको रमजान उपवास महीनामा गएको दुई हप्ता यता भएका घातक आक्रमणमा परी कैयौं व्यक्ति मारिनुका साथै घाइते भएका समाचारमा जनाइएको छ।

राजधानी काबुलमा भएको बस आक्रमणमा परी एक महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका यहाँँको प्रहरीले जनाएको छ। गत शुक्रबारको मस्जिदमा भएको बम विष्फोटको जिम्मा कुनै समूहले लिएको छैन, तर बसमा भएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ।

विशेष गरी सुन्नी बहुल्लता रहेको स्थानमा अफगानिस्तानको अल्पसंख्यक शिया र सुफी समुदायहरूलक्षित हालैका हप्ताहरूमा भएका बम विस्फोटनलगायतका आक्रमणहरूको आइएस समूहले दाबी गर्दै आएका छन्।

तालिबान अधिकारीहरूले आफ्नो सेनाले आईएसलाई पराजित गरेको दाबी गर्दै आएका छन्। तर विश्लेषकहरूले जिहादी समूह प्रमुख सुरक्षा चुनौती रहेको बताउँदै आएका छन्।

यसैबीच काबुल प्रहरीले रमजानको अन्त्य भएको इद अल–फित्र बिदामा “सुरक्षा सुनिश्चित गर्ने“ वाचा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved