संसद् बैठकमा दुई पटक पोर्न भिडिओ हेर्ने सांसदले दिए पदबाट राजीनामा

संसद् बैठकमा नेइलले पोर्न भिडिओ हेरिरहेको समयमा एक महिला सांसदले देखेकी थिइन्। उनले उक्त खबर सञ्चारमाध्यममा दिएपछि नेइलको विषयमा संसद्ले छानबिन शुरु गरेको थियो।

नेपालभ्युज

संसद् बैठकमा दुई पटक पोर्न भिडिओ हेर्ने सांसदले दिए पदबाट राजीनामा

काठमाडौं। संसद् बैठकमा दुई पटकसम्म अश्लिल चलचित्र हेरेको सार्वजनिक भएपछि बेलायतमा एक सांसदले राजीनामा दिएका छन्।

ती सांसदले संसद् बैठक चलिरहेको समयमा दुई पटक पोर्न भिडिओ हेरेको सार्वजनिक भएपछि उनले सांसद पदबाट राजीनामा दिएका हुन्।

ती व्यक्ति बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको पार्टी कन्जरभेटिभको तर्फबाट सांसद भएका नेइल प्यारिस हुन्। उनले आफ्नो गल्ती स्वीकार्दै पदबाट राजीनामा दिएका छन्।

नेइलले पहिलोपटक संसद् भवनमा अरु केही भिडिओ हेर्नेक्रममा पोर्न भिडिओ परेको बताउँदै दोस्रो पटक भने आफैले जानेर हेरेको बताए। उनले आफू कृषक भएको र ट्र्याक्टरको भिडिओ हेर्नेक्रममा पोर्न परेको प्रष्टीकरण दिएका छन्।

संसद् बैठकमा नेइलले पोर्न भिडिओ हेरिरहेको समयमा एक महिला सांसदले देखेकी थिइन्। उनले उक्त खबर सञ्चारमाध्यममा दिएपछि नेइलको विषयमा संसद्ले छानबिन शुरु गरेको थियो।

त्यसपछि, नेइलले आफूमाथि लागेको आरोपको आफैले पुष्टि गर्दै राजीनामा दिएका हुन्। उनले आफूले जे गरे पनि गल्ती गरेको र त्यो पागलपन भएको पनि बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved