युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

जेलेन्स्कीले दुई दिनअघिमात्र पनि फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँसँग पनि कुराकानी गरेका थिए।

नेपालभ्युज

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ।

उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो।

त्यसक्रममा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको युक्रेनको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

यसअघि जेलेन्स्कीले दुई दिन अघिमात्र पनि फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँसँग पनि कुराकानी गरेका थिए।

युक्रेनमा रुसले आक्रमण गरेपछि पछिल्ला समयमा युक्रेनका लागि मानवीय सहायताको खाँचो परेको बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved