चुनाव प्रचारमा हिँडेका वृद्धको लडेर मृत्यु

नवराजपुर गाउँपालिकामा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका स्थानीय ६५ वर्षीय बद्री मोचीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

नेपालभ्युज

चुनाव प्रचारमा हिँडेका वृद्धको लडेर मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। सिरहामा स्थानीय तहको निर्वाचनको प्रचारमा हिँडेका एक वृद्धको लडेर मृत्यु भएको छ। नवराजपुर गाउँपालिकामा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका स्थानीय ६५ वर्षीय बद्री मोचीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

चुनाव प्रचारको जुलुसमा हिँड्दै गर्दा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
वृद्धको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved