आजको मौसम: देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। प्रि मनसुन अर्थात् मनसुन पूर्वको अवस्था सक्रिय हुँदा अस्ति बेलुकीदेखि नै विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालभ्युज

आजको मौसम: देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं। आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। प्रि मनसुन अर्थात् मनसुन पूर्वको अवस्था सक्रिय हुँदा अस्ति बेलुकीदेखि नै विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् विष्णु घिमिरेका अनुसार विशेषगरी देशका पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। तराईका भूभागमा भने थोरै मात्र पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको केही ठाउँमा वर्षा हुने घिमिरेले जानकारी दिए।

मनसुन पूर्वको अवस्था अझै केही दिन सक्रिय हुने भएकाले बिहान एकै छिन मौसम खुले पनि बिस्तारै बादल लागेर पानी पर्ने मौसमविद्ले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved