आरबीबी–एनभीए भलिबल प्रतियोगिता आजबाट

आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट शुरु हुँदैछ। आयोजक नेपाल भलिबल एसोसियसनले प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन गर्दैछ।

नेपालभ्युज

आरबीबी–एनभीए भलिबल प्रतियोगिता आजबाट

काठमाडौं। आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट शुरु हुँदैछ। आयोजक नेपाल भलिबल एसोसियसनले प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन गर्दैछ।

प्रतियोगितामा महिलातर्फ तीन विभागीय टीम सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब र एभरेस्ट स्पोर्टस् क्लब गरी पाँच टिम सहभागी छन्।

यस्तै, पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लब गरी सात टीम छन्। गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरुले लिगमा प्रतिस्पर्धा गर्ने भएका हुन्। च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved