पोखरा। मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की पोखराले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेललाई अन्ततः चुनाव चिह्न ‘लौरो’ नै दिएको छ। अन्य उम्मेदवारले छानिसकेपछि पौडेलले ‘लौरो’ छानेका थिए।
तर दिउँसोतिर कार्यालयले फोन गरेर उनलाई ‘लौरो’ दिन नसकिने बताएको थियो। स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को अनुसूची २७ बमोजिम ७ चुनाव चिह्न मात्रै कास्कीका लागि पाइएको भन्दै कार्यालयले सूचना पौडेललाई ‘लौरो’ दिन नसकिने जानकारी दिएको थियो। पहिला दिन मिल्ने पछि नमिल्ने भन्दै पौडेलको ‘अटेरी समूह’ ले निर्वाचन कार्यालय घेराउ पनि गरेको थियो। तर दबाबपछि निर्वाचन कार्यालयले पुनः उनलाई ‘लौरो’ नै दियो।
तर पौडेलले भने आफूहरूको अभियानबाट तर्सिएका दलले ‘लौरो’ खोस्न लगाएको आरोप लगाएका छन्। चुनाव चिह्न पाएपछि पौडेले चुनावी प्रचारप्रसार थालिसकेका छन्।
Facebook Comment
Comment