नेपालले आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको छ : अमेरिकी विदेशमन्त्री

उनले नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्षमा नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन्।

नेपालभ्युज

नेपालले आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको छ : अमेरिकी विदेशमन्त्री

काठमाडौं। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्षमा नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन्।

‘‘आज नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको छ, नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको छ,”  कूटनीतिक सम्बन्ध शुरु भएको ७५ वर्ष पूरा भएको अवसरमा आज उनले ट्विट गर्दै भनेका छन्, ‘‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र अझै धेरै दशकहरूको मित्रताको लागि तत्पर छौं।”

सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपछि नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved