मनोनयन दर्ता गराएका आठ जनाविरुद्ध उजुरी

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गराएका आठ जनाविरुद्ध उजुरी परेको छ।

नेपालभ्युज

मकवानपुर। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गराएका आठ जनाविरुद्ध उजुरी परेको छ। जिल्लाको १० स्थानीय तहमध्ये बकैया गाउँपालिकामा तीन जना, हेटौँडा उपमहानगरपालिकामा र मनहरी गाउँपालिकामा दुई÷दुई जना र बागमती गाउँपालिकामा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको हो।

बकैंया गाउँपालिका निर्वाचन अधिकृत आनन्दराज पोखरेलका अनुसार नेपाली काँग्रेसका उपाध्यक्ष छाँया अधिकारी, नेकपा माओवादीका उपाध्यक्ष भक्त खत्री र नेपाली कांग्रेस वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध उजुरी परेको छ। उनीहरू विरुद्ध के विषयमा उजुरी परेको भन्नेबारे निर्वाचन अधिकृत पोखरेलले खुलाएनन्।

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षका उम्मेदवार नवीन सिग्देल र १९ नम्बर वडाका नरनाथ सुवेदीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कार्यालय हेटौँडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved