काठमाडौं। राजु अर्याललाई सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय सरकारले गरेको छ।
वैशाख ५ मा बढुवा समितिले वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिसलाई सदर गरेको हो।
एआईजीमा बढुवा भएसँगै अब उनी आईजीपी नियुक्त हुने तय भएको छ। १८ वैशाखपछि सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा जाँदैछन्।
एआईजीमा बढुवामा अर्यालसँगै नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल प्रतिस्पर्धामा थिए।अर्यालको बढुवा सिफारिस विरुद्ध कुनै उजुरी परेको थिएन।
अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन्।
Facebook Comment
Comment