भारतमा अत्यधिक तापमान वृद्धि हुन थालेको छ। त्यहाँको मौसम विभागको पछिल्लो अपडेट अनुसार राजस्थान, बिहार, मध्यप्रदेश, झारखण्डमा आगामी ५ दिनसम्म गर्मीको प्रकोप बढ्ने देखाएको छ।
भारतका यी ठाउँहरूमा तापक्रम ४५ डिग्रीभन्दा माथि जाने सम्भावना छ। अर्कोतर्फ, उत्तरपूर्वी र उत्तर भारतका केही स्थानमा वर्षा र असिना पर्न सक्ने जनाइएको छ।
आगामी ५ दिनमा विदर्भ, ओडिशा, बिहार र उप हिमालयन पश्चिम बङ्गाल, झारखण्ड, पश्चिम बंगाल, गुजरात, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, महाराष्ट्र र छत्तीसगढ र तेलंगानामा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको त्यहाँको मौसम विभाले जनाएको छ।
उत्तरपूर्वी भारतमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाइएको। अप्रिल ३० सम्म अरुणाचल प्रदेश, आसाम, मेघालयमा भारी वर्षा र असिनाको पूर्वानुमान गरिएको छ।
जम्मु कश्मीर, हिमाचल प्रदेश, उत्तराखण्डमा छिटै मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। जसमा पञ्जाब, हरियाणा, चण्डीगढ र दिल्ली, उत्तर प्रदेश र राजस्थानमा धुवाँधारी, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको त्यहाँको विभागले जनाएको छ।
राजस्थानमा ‘लु’
राजस्थानको तापक्रममा २ देखि ३ डिग्री सेल्सियसको वृद्धि देखिएको छ। योसँगै राज्यका ४ वटा जिल्लामा गर्मीको लहर र तीव्र गर्मीको चेतावनी जारी गरिएको छ। बिकानेर, जोधपुर, जयपुर, भरतपुर डिभिजनका जिल्लाहरूमा अधिकतम तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ।
राजस्थानमा सोमबार बांसवारामा ४४.२ र बारमेरमा ४४ डिग्री सेल्सियसमा उच्चतम तापक्रम रेकर्ड गरिएको थियो।
बिहारमा पछिल्लो ७२ घण्टामा तामक्रम ४५ डिग्री नाघेको छ। १९ जिल्लामा गर्मी अझै बढ्ने अनुमान गरिएको छ। प्रदेशका १४ जिल्ला रेड जोनमा परेका छन्। मौसम विभागका अनुसार दक्षिण पश्चिम बिहारका ६, दक्षिणमध्य बिहारका ८ र दक्षिणपूर्व बिहारका ५ जिल्लामा खतरा बढ्ने जनाइएको छ।
Facebook Comment
Comment