काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अघिकारीको निलम्बनसँग सम्बन्धित मुद्दाको सुनुवाइ सरेको छ।
आज मंगलबार नसकिएपछि बिहीबार (१५ वैशाख) का सुनुवाइ सरेको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलका अनुसार गभर्नर अधिकारीको मुद्दाको सुनवाइ अब बिहीबार हुन्छ। आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा टुंगिएको हो।
आफूलाई हटाएपछि सरकारले थालेको छानविन रोक्न माग गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए।
२४ चैतमा सरकारले गभर्नर अधिकारीमाथि कार्यक्षमताको अभाव र बैंकिङ सूचना चुहाएको भन्दै छानबिन गर्ने निर्णय गरेको थियो। त्यसका लागि सरकारले छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका थिए।
सर्वोच्चले अन्तरिम आदेशमार्फत उनलाई पद बहाल गरिसकेको छ। सर्वोच्चले अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिँदै १३ वैशाखमा छलफलका लागि बोलाएको थिाये।
दुवै पक्षबीच छलफल गराएपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने थियो। तर आज मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा रोकिएपछि बिहीबारको लागि सुनुवाइ सरेको हो।
Facebook Comment
Comment