एसएसपीबाट राजीनामा दिएर स्वतन्‍त्र उम्मेदवार

नेपालभ्युज

एसएसपीबाट राजीनामा दिएर स्वतन्‍त्र उम्मेदवार

जनकपुरधाम। नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर गोविन्दकुमार साहले धनुषाको विदेह नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले स्वतन्त्ररूपमा नगरप्रमुखमा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन्।

नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखी आफूले नगरप्रमुखका लागि उम्मेदवारी दिएको साहले बताए।

स्थानीय तह निर्वाचन लड्नकै लागि साहले केही साताअघि नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएका थिए।

त्यस्तै एमालेले टिकट नदिएपछि धनुषाको मिथिला नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण महतोले स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएको छ।

एमालेले राजाराम महतोलाई नगरप्रमुखको टिकट दिएपछि हरिनारायणले स्वतन्त्ररूपमा उम्मेदवारी दिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved