गठबन्धनले कर्णालीका आठ जिल्लामा यसरी मिलायो भागबण्डा

नेपालभ्युज

गठबन्धनले कर्णालीका आठ जिल्लामा यसरी मिलायो भागबण्डा

सुर्खेत। कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठ ओटा जिल्लामा भागवण्डा टुंगो लगाएका छन्। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले आठ जिल्लामा बाँडफाँट सकेका हुन्।

सत्ता गठबन्धनले टुंगो लगाएको आठ जिल्लाको विवरणअनुसार माओवादीले प्रमुख/उपप्रमुख गरी ५१, कांग्रेसले ४७ र एकीकृत समाजवादीले २९ ओटा पाएका छन्।

जाजरकोटमा माओवादी केन्द्र र कांग्रेसले प्रमुख/उपप्रमुखमा ३/३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख पाएका छन्। दैलेखमा सबैभन्दा धेरै कांग्रेसले पाएको छ। कांग्रेसले प्रमुखमा ६ र उपप्रमुखमा ५ पाएको छ। माओवादी केन्द्रले २ प्रमुख र ४ उपप्रमुख पाएको छ भने समाजवादीले ३ प्रमुख र २ उपप्रमुख पाएको छ।

डोल्पामा माओवादी केन्द्रले ३ प्रमुख २ उपप्रमुख, कांग्रेसले १ प्रमुख ३ उपप्रमुख र समाजवादीले ४ प्रमुख ३ उपप्रमुख पाएको छ।

मुगुमा माओवादी केन्द्रले प्रमुख/उपप्रमुख १/१ र कांग्रेसले २/२ पाएको छ। एकीकृत समाजवादीले पनि १/१ पाएको छ। हुम्लामा माओवादीले ५ ओटा प्रमुख, कांग्रेसले भने ३ ओटा, समाजवादीले ३ ओटा उपप्रमुख पाएको छ। उपप्रमुख भने माओवादी केन्द्र र कांग्रेसले २/२ ओटा पाएका छन्।

सल्यानमा कांग्रेस/माओवादी केन्द्रले ४/४ प्रमुख, समाजवादीले दुई प्रमुख र दुई उपप्रमुख, माओवादी केन्द्रले उपप्रमुखमा ५ ओटा र कांग्रेसले ३ ओटा पाएको छ। जुम्लामा कांग्रेसले चार ओटा प्रमुख, माओवादी केन्द्रले तीन ओटा प्रमुख पाएको छ। माओवादी केन्द्रले पाँच ओटा उपप्रमुख पाएको छ भने कांग्रेसले दुई ओटा पाएको छ। समाजवादी केन्द्रले जुम्लामा पनि १/१ मा प्रमुख र उपप्रमुख पाएको छ।

कालिकोटमा माओवादीले प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ। माओवादीले प्रमुख ५ लिँदा उपप्रमुख ४ पाएको छ। कांग्रेसलाई २ प्रमुख र ३ उपप्रमुख भागमा परेको छ। एकीकृत समाजवादीले दुई प्रमुख पाएको छ भने दुई नै उपप्रमुख पाएको छ।

सुर्खेत र रुकुमपश्चिममा गठबन्धन नहुने

पाँचदलीय गठबन्धनबीच कर्णालीका दुई जिल्लामा भागबण्डा नहुने भएको छ। गठबन्धनले कर्णालीका आठ जिल्लामा भागबण्डा मिलाए पनि सुर्खेत र रुकुम (पश्चिम)मा सहमति हुन नसकेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved