राप्रपाबाट विराटनगरमा प्रह्लाद शाह मेयर र बबिता आचार्य उपमेयर

मेयर पदका उम्मेदवार शाह यसअघि पनि २०६० र २०६२ सालमा विराटनगरको मेयर भइसकेका व्यक्ति हुन्।

नेपालभ्युज

राप्रपाबाट विराटनगरमा प्रह्लाद शाह मेयर र बबिता आचार्य उपमेयर

विराटनगर। राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उपमेयरमा बबिता आचार्यको उम्मेदवारी परेको छ। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

मेयर पदका उम्मेदवार शाह हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री र उपमेयर आचार्य जिल्ला प्रवक्ताको जिम्मेवारीमा छन्। मेयर पदका उम्मेदवार शाह यसअघि पनि २०६० र २०६२ सालमा विराटनगरको मेयर भइसकेका व्यक्ति हुन्।

उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग छोटो कुराकानी गर्दै शाहले भ्रष्टाचारमुक्त नगर आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको बताए। उनले आफू मेयरमा निर्वाचित भएर आए भ्रष्टाचारलाई न्यूनीकरणका साथै विराटनगरलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने दाबी गरे।

निर्वाचन अधिकृतको कार्यालयमा अहिले मनोनयन दर्ता हुने क्रम जारी छ। हालसम्म लोकतान्त्रिक समाजवादी पार्टी र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved