नमोबुद्ध नगरपालिकाका कांग्रेसबाट मेयरका दाबेदार पाण्डे कुटिए

नेपालभ्युज

नमोबुद्ध नगरपालिकाका कांग्रेसबाट मेयरका दाबेदार पाण्डे कुटिए

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका मेयर दाबेदार कांग्रेसका एक नेता कुटिएका छन्।

नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डेलाई पार्टीकै अर्का आकांक्षी कुन्साङ लामाले कुटपिट गरेका हुन्।

कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेका बेला आफूमाथि कुटपिट भएको पाण्डले बताएका छन्।

आफूमाथि हातपात भएपछि पाण्डेले प्रहरीसमक्ष किटानी जाहेरी दिने भएका छन्। आफूमाथि के कति कारणले आक्रमण भएको त्यसबारे थाहा नभएको उनले बताएका छन्।

आक्रमणबाट पाण्डेको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved