गहुँको नलबाट शुरु भएको आगोले मुक्तकमैयाका ७३ घर जले

आगो नियन्त्रणमा आएको छैन। स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

नेपालभ्युज

गहुँको नलबाट शुरु भएको आगोले मुक्तकमैयाका ७३ घर जले

धनगढी। कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ। आइतबार दिउँसो बिपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको वडाअध्यक्ष डबल प्रसाद चौधरीले बताए।

उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। ‘‘हालसम्म मानविय क्षति भएको छैन, गौरीगंगाको दमकल बोलाएका थियौं तर आगो नियन्त्रणमा आएको छैन’’ उनले भने।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन्। तर आगो भने नियन्त्रणमा आएको छैन।

गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्किएको शिविरका भलमन्सा हिँगुराम चौधरीले सुनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved