धर्म र जातका आधारमा दुश्मनी बढाएको आरोपमा भारतमा सांसद दम्पती पक्राउ

नेपालभ्युज

धर्म र जातका आधारमा दुश्मनी बढाएको आरोपमा भारतमा सांसद दम्पती पक्राउ

भारतको महाराष्ट्रमा हनुमान चालिसा र लाउडस्पीकरलाई लिएर राजनीतिक विवाद बढ्दै गएको छ। अमरावतीबाट स्वतन्त्र सांसद नवनीत राणा र उनका विधायक श्रीमान् रवि राणालाई खार प्रहरीले पक्राउ गरेको छ। दुवैमाथि आफ्नो बयानबाट धर्म, जातको आधारमा घृणा फैलाएको आरोप छ।

राणा दम्पतीविरुद्ध मुम्बईको खार पुलिस स्टेशनमा धर्म, जाति वा भाषाको आधारमा दुई समूहबीच दुश्मनी बढाउनेअन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल दुवैसँग खार प्रहरी चौकीमा सोधपुछ भइरहेको जनाइएको छ। दुवैलाई आइतबार बान्द्रा अदालतमा पेश गरिनेछ।

राणाका तर्फबाट शिवसैनिकविरुद्ध उजुरी पनि परेको छ। रणनीतिका रूपमा शिवसैनिकलाई मेरो घरमा पठाएर तोडफोड गरेको आरोप छ।

राणा दम्पतीले आज (शनिबार) मातोश्रीबाहिर हनुमान चालिसा पढ्ने घोषणा गरेका थिए। त्यसपछि बिहानैदेखि ठूलो संख्यामा शिवसैनिक नवनीत राणाको भवनमुनि उभिएका थिए। दिनभरको कोलाहलपछि प्रहरीले साँझ राणा दम्पतीलाई पक्राउ गरेको हो। प्रहरीको कारबाहीबाट खुशी भएका शिवसैनिकले उनको घर खुशियाली मनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved