धनगढीमा एकै वडाका ९६ जना क्रियाशील सदस्यले कांग्रेस छाडे

नेपालभ्युज

धनगढीमा एकै वडाका ९६ जना क्रियाशील सदस्यले कांग्रेस छाडे

धनगढी। धनगढी उपमहानगरपालिका १८ मा नेपाली कांग्रेसका करीब सय जना क्रियाशील सदस्यहरूले पार्टी परित्याग गरेका छन्।

वडा नम्बर १८ को वडा कार्यसमिति सभापति भक्त थापासहित ९६ जनाले शुक्रबार चुनावी तालमेलको विरोध गर्दै पार्टी परित्याग गरेका हुन्। वडा सभापति थापाले कार्यसमितिका ३२ र क्षेत्रीय प्रतिनिधि गरी ९६ जना क्रियाशील सदस्यहरूले पार्टीलाई राजीनामा पत्र बुझाएको जानकारी दिए ।

उनले चुनावी तालमेल पार्टीको हितमा नरहेकाले आफूहरूले पार्टी परित्याग गरेको पनि प्रतिक्रिया दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved