बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भारतमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका छन्। जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन्।

नेपालभ्युज

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भारतमा

एजेन्सी। बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका छन्। जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन्।

भ्रमणको क्रममा प्रस्तावित स्वतन्त्र व्यापार सम्झौता, हिन्द–प्रशान्त क्षेत्रको सहकार्य बढाउने, सुरक्षा सहकार्य बलियो बनाउने सहितका विषयमा कुराकानी हुने जनाइएको छ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। बेलायतले भारतलाई रुससँगको सहकार्य कम गर्न दबाब दिँदै आएका बेला भएको जोन्सनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved