काबुलमा विस्फोट : ६ जनाको मृत्यु, केही घाइते

दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।

नेपालभ्युज

काबुलमा विस्फोट : ६ जनाको मृत्यु, केही घाइते

काठमाडौं। अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन्।

विस्फोटको घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएका अधिकारीहरुले जानकारी दिएका छन्।

आज (मंगलबार) काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटनामध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो।

त्यसैगरी, दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो। त्यो पनि विद्यालय नजिकै भएको थियो।

दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved