तीन महीनामा ६ जनालाई गोहीले खायो

यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो।

नेपालभ्युज

तीन महीनामा ६ जनालाई गोहीले खायो

एजेन्सी। तान्जानियामा यो वर्ष शुरु भएपछिको पहिलो तीन महीनामा एक नदी छेउमा कम्तीमा ६ जनालाई गोहीले खाएको छ।

त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरुलाई गोहीले आक्रमण गरेको हो।

सो जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो।

त्यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले भनेअनुसार त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो।

बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए। उनले गोहीले आक्रमणमा परी मृत्यु भएका ६ जना मध्ये आफ्ना पिता पनि एक भएको बताए।

बुंगोले त्यहाँका नागरिकले गोहीबाट हुने यस प्रकारको हमलाबाट सुृरक्षाका लागि सरकारसँग आग्रह गरिरहेका पनि जानकारी दिएका समाचारमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved