फ्रेन्च लिग वानमा नेयमार र एमबाप्पेको गोलमा पिएसजीको रोमाञ्चक जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ। गएरातिको खेलमा शीर्ष स्थानको  पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको हो।

नेपालभ्युज

फ्रेन्च लिग वानमा नेयमार र एमबाप्पेको गोलमा पिएसजीको रोमाञ्चक जित

काठमाडौं। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ। गएरातिको खेलमा शीर्ष स्थानको  पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको हो। पिएसजीले दोस्रो स्थानको मार्सेलीमाथि २–१ को रोमाञ्चक जित निकाल्यो।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा खेलको १२ औँ मिनेटमा नेयमारले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३१ औं मिनेटमा डुजे कालेटा कारले मार्सेलीलाई १–१ गोलको बराबरीमा ल्याए।

पहिलो हाफको थप गरिएको समयमा केलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए। यो जितसँगै लिगमा १५ अंकको अग्रता बनाएको पिएसजी उपाधि नजिक पुगेको छ। पिएसजीले ३२ खेलमा ७४ अंक जोड्दा मार्सेलीको समान खेलबाट ५९ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved