इटहरी। नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ। युनियन सुनसरीले एस जी अर्गनाइजेसनसंगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको हो।
इटहरीमा शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्। सुनसरी युनियनले उक्त अक्षयकोषमार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ।
त्यसैगरी, सोही संस्थासंगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेम कुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रममा जानकारी दिइएको छ।
युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार ५१ हजार एक सय राशिको गोविन्द खेम कुमारी सृजनशील पत्रकारिता पुरस्कार सुनसरीमा रहेर समाजको हितमा कलम चलाउने पत्रकारलाई प्रदान गरिनेछ। प्रेस युनियनले देशभर प्रदान गर्ने पुरस्कारहरुमध्ये यो पुरस्कार देशकै सबैभन्दा ठूलो राशिको भएको उनले बताए।
व्यवसायी घिमिरेले आफ्ना बुबा आमाको स्मृतिमा प्रेस युनियन सङ्गको सहकार्यमा अक्षय कोषका लागि सो रकम प्रदान गरेका हुन।
सम्झौता पत्र अनुसार अर्गनाईजेसनले प्रत्येक वर्ष अर्गनाइजेसनको औद्योगिक व्यापारिक प्रतिष्ठानमार्फत वार्षिक एक लाख एक हजार गोबिन्द खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि उपलब्ध गराउने उल्लेख छ। त्यसैगरी, अक्षयकोषका लागि ५ लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने र त्यसबाट प्राप्त ५१ हजार एक सय रुपैयाँको गोबिन्द खेमकुमारी स्मृति सृजनसिल पत्रकारिता पुरस्कार सुनसरीमा कृयाशिल रहेर पत्रकारिता गर्ने पत्रकारलाई प्रदान गरिने छ।
Facebook Comment
Comment