उपत्यकाका सडकबाट एकै दिन ५५ बालबालिका उद्धार

नेपालभ्युज

उपत्यकाका सडकबाट एकै दिन ५५ बालबालिका उद्धार

काठमाडौं । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरूलाई उद्धार गरेको हो।

उनीहरूले राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्‍याइरहेका प्रहरीले जनाएको छ। तीमध्ये ३३ बालक र २२ बालिका रहेका छन्।

उनीहरूलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved