एकीकृत समाजवादीका जिल्ला सचिव एमाले प्रवेश

नेपालभ्युज

एकीकृत समाजवादीका जिल्ला सचिव एमाले प्रवेश

सुर्खेत। दैलेख जिल्लामा नेकपा (एकीकृत समाजवादी) का सचिव मानबहादुर खड्का एमाले प्रवेश गरेका छन्। शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा भएको कार्यक्रममा खड्का एमाले प्रवेश गरेका हुन्।

पार्टी विभाजनपछि उनी नेकपा एसको दैलेख जिल्ला कमिटीमा सचिव बनेका थिए। उक्त जिम्मेवारी आजै (शुक्रबार) छाडेर एमाले प्रवेश गरेको उनले जानकारी दिए।

“पार्टी विभाजनका कारण नेकपा एमालेभन्दा बाहिर रहनुभएका सबै कमरेडलाई पार्टी एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि नेकपा एमालेमा गोलबद्ध हुन आह्वान गर्छु,” उनले भने, “अब म एमालेमा नै फिर्ता भएर देश र जनताको हितमा काम गर्नेछु। बाटो बिराएका साथीहरुलाई पनि एमालेमा फिर्ता हुन आह्वान गर्छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved