ललितपुर मेयरका लागि कांग्रेसबाट ७ जना सिफारिस

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयर उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।

नेपालभ्युज

ललितपुर मेयरका लागि कांग्रेसबाट ७ जना सिफारिस

काठमाडौं। नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयर उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।

बहालवाला मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, पार्टीका महानगर समिति सभापति शुभानन धाख्वा, पूर्व सभापति राजेश महर्जन, महाधिवेशन प्रतिनिधिहरू भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरिएको हो ।

कांग्रेसको ललितपुर महानगर समितिले उनीहरूको नाम सिफारिस गरेको हो। मेयर उम्मेदवारको टुङ्गो केन्द्रीय कार्यसमितिले लगाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved