एमाले अध्यक्ष ओली नुवाकोट जाँदै

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) नुवाकोट जाँदैछन्।

नेपालभ्युज

एमाले अध्यक्ष ओली नुवाकोट जाँदै

नुवाकोट। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) नुवाकोट जाँदैछन्।

एमाले नुवाकोटले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न ओली आज नुवाकोटको बट्टार जान लागेका हुन्।

१ बजे विदुर नगरपालिकाको वडा नम्बर ४ को हावाघरमा आयोजित सभामा ओलीले सम्बोधन गर्नेछन्। ओली हेलिकप्टरबाट बट्टार जानेछन्।

कार्यक्रमका लागि एमालेले जिल्लाको १२ वटै पालिकाबाट मोटरसाइकल  र्‍यालीलीसहित कार्यकर्ता जम्मा गर्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved