एमालेको मधेश मिसन, ५०१ सदस्यीय निर्वाचन विशेष परिचालन कमिटी गठन

स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) को मधेस कमिटीले नेताहरूको जिम्मेवारी पनि बाँडफाँड गरेको छ।

नेपालभ्युज

एमालेको मधेश मिसन, ५०१ सदस्यीय निर्वाचन विशेष परिचालन कमिटी गठन

काठमाडौं। स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) को मधेस कमिटीले नेताहरूको जिम्मेवारी पनि बाँडफाँड गरेको छ। निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारीका साथ कार्य विभाजन गरिएको हो। ५०१ सदस्यीय कमिटी बनाइएको छ।

मधेस प्रदेशका अध्यक्ष रामऔतार यादवका अनुसार प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ। यस्तै सह–इन्चार्ज प्रभु साह सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठ सिरहा, सुमनराज प्याकुरेल सप्तरीको जिम्मेवारी पाएका छन्।

यस्तै प्रदेश सह–इन्चार्जहरू पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साह र अच्युतम मैनालीलाई बाराको जिम्मेवारी सुम्पिएको छ। सिरहा सुखीपुर नगरपालिकाका मेयरसमेत रहेका पार्टीका प्रदेश अध्यक्ष यादवले भने पर्सा सम्हाल्नेछन्।

यस्तै प्रदेश कमिटीका सबै सदस्यलाई आफ्नो पालिकामा खट्ने जिम्मेवारी दिइएको छ। रघुवीर महासेठ संयोजक र प्रभु साह सह–संयोजक रहने गरी मधेस प्रदेश स्थानीय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको एमालेले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved